Facebook

Pages

Monday, August 1, 2016

चितवन मा चितुवा

चितुवालाई डार्ट हानेर बेहोस बनाउनु अघि कोठाको वरपर जालीले छेकिएको थियो । अँध्यारो र अप्ठ्यारो ठाउँमा रहेकाले सुरुको एक राउण्ड खेर गएको थियो । दोस्रो राउण्डले लागेपछि चितुवा बेहोस भएको थियो । चितुवा हेर्न बजारबासीको भीड लागेको थियो । प्रहरीलाई भीड थेग्न हम्मेहम्मे परेको थियो । सहर पसेको चितुवा लखेट्ने क्रममा शनिबार बिहान स्थानीयको घरमा पसेपछि बाहिर निस्केको थिएन ।
अनुमानित २ वर्षको भाले चितुवाको उचाई ५९ सेन्टिमीटर रहेको वरिष्ठ वन्यजन्तु प्राविधिक विष्णुबहादुर लामाले बताए । उनका अनुसार १ दशमलव ६९ मीटर लम्बाई चितुवाको पुच्छरमात्रै ६९ सेन्टिमीटर लामो छ । चितुवाको तौल करीब २५ किलोग्राम रहेको उनले बताए । चितुवालाई नजिकै जंगलमा छोडिएको छ । 

About

 

Sample text

Sample Text

Sample Text

 
Blogger Templates